आजभन्दा ठिक १७ वर्षअगि २२ सेप्टेम्बर २००० प्रभुको महान सेवक/दास भाई भक्त सिंह, उहाँको शिक्षा र सेवाकायको सम्झना गर्दै । 

ब्रिटिस शासित भारतको पन्जाबमा जन्मेका थिए बख्त सिंह ख्रिस्टाब्द १९०३ मा । तिनी सिख धर्मावलम्बी थिए । ख्रीष्टियान मिसनरी स्कुलमा पढेका तिनी १२ वर्षकै कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएका थिए ।

पन्जाब विश्वविद्यालयबाट दीक्षित भएपछि थप अध्ययनको लागि सिंह इङ्गल्यान्ड प्रस्थान गरे जहाँ तिनी कृषि इन्जिनियरिङ्गका विद्यार्थी बने । तिनी इङ्गल्यान्ड गएकोमा बुबा-आमा खुसी थिएनन् किनकि त्यहाँ ख्रीष्टियानहरूको प्रभाव पर्थ्यो भनेर तिनीहरू चिन्तित थिए । सिंहले आफू ख्रीष्टियान नबन्ने प्रतिज्ञा गरेका थिए आफ्ना बुबा-आमालाई ।

इङ्गल्यान्डमा सिंह ब्रिटिस जीवन-शैलीबाट निकै प्रभावित भए । तिनले सिख धर्मप्रतिको भक्तिको चिन्हको रूपमा रहेको लामो कपाल पनि खौरे । आफ्नो अध्ययनलाई निरन्तरता दिन पछि तिनी क्यानडा लागे । त्यहाँ तिनले भक्त ख्रीष्टियानहरूसित मित्रता गाँस्ने मौका पाए । तिनी मण्डली जान थाले र तिनले बाइबल पढ्न सुरु गरे । केही समयको खोजपश्चात् तिनले सत्यताको आविष्कार गरे र तिनी ख्रीष्टियान बने अनि १९३२ मा तिनले बप्तिस्मा लिए ।

सिंहले नयाँ जन्म पाउनुभन्दाअगि तिनले बाइबल च्यातेका थिए र तिनी ख्रीष्टियमतको खरो विरोधी थिए । तर ख्रीष्टको प्रेम र उपस्थितिलाई अनुभूति गरेपछि अन्त्यमा तिनी उनै प्रभुका अनुयायी बने जसलाई तिनले विरोध गरेका थिए ।

ख्रिस्टाब्द १९३३ मा सिंह आफ्नो मातृभूमि भारत फर्के । पत्रद्वारा आफ्नो धर्मान्तरणबारे तिनले आफ्ना बुबा-आमालाई बताइसकेका थिए । तिनीहरूले तिनलाई अनिच्छुक भएर स्वीकारेका थिए । परिवारको इज्जतको खातिर तिनी ख्रीष्टियान बनेको कुरालाई गोप्य राख्न तिनलाई अनुरोध गरिएको थियो । तिनले नमानेपछि परिवारले तिनलाई छाडिदियो र तिनी अकस्मात् घरवारविहीन भए ।

सिंहले बम्बईका सडकहरूमा प्रचार गर्न थाले । चाँडै नै तिनले मानिसहरूलाई आकर्षित गरे । तिनी एक घुमन्ते प्रचारक र जागृतिका वक्ता बने ।

सिंहले पछि हेब्रोन मिनिस्ट्रिजको स्थापना गरे । तिनले स्वदेशी मण्डली स्थापनाको अभियानको थालनी गरे जसले अन्त्यमा १०,००० स्थानीय मण्डलीलाई जन्मायो ।

सिंह भारतमा मात्रै नभएर दक्षिण एसियामै परिचित सुसमाचार प्रचारक बने । तिनी सर्वाधिक परिचित बाइबल शिक्षकसाथै वक्ताहरूको सूचीमा पर्छन् । ख्रीष्टियान जगत्‌मा तिनी एक्काइसौँ शताब्दीको एलियाको रूपमा पनि परिचित छन् । भारतमै जन्मेका लेखकसाथै रक्षाशास्त्री रबी जकरियाले सिंहको बारेमा यसको भनेका छन्, “मैले बख्त सिंहको बारेमा सुन्दा म जवान ख्रीष्टियान थिएँ । भारत र विश्वव्यापी रूपमा ख्रीष्टको खातिर तिनको प्रभाव विशाल छ ।” सिंहका डेढ दर्जन कृतिहरूमध्ये केही नेपालीमा पनि अनुवाद भएका छन् ।

९७ वर्षको दीर्घायुमा सिंह प्रभुमा सुतेका थिए । पाँच दिनपश्चाात् अर्थात् आजभन्दा ठिक १७ वर्षअगि २२ सेप्टेम्बर २००० मा तिनको अन्त्येष्टि सभामा अमेरिका, दुबई, अस्ट्रेलिया, पाकिस्तान, श्रीलङ्का र नेपालबाट करिब २,५०,००० मानिस उपस्थित भएका थिए ।

Source : Rachal Maski Rana

CONTACT US

Write to us; we will reply you instantly.

Sending

EL-Shaddai Kalimpong India | All Right Reserved © 2017

About              Download Mobile Apps                        Download Mp3            E-Books           Jeudo- Pani          Green Pasture      Gracebook        NewsBlog
Menu

Log in with your credentials

or    

Forgot your details?

Create Account