Story Behind the Song

यस गीतमा जाडिएको सत्य जीवन कथा

संसरमा मैले धेरै मित्र पाएँ,

 सहायक हन्‌” सम्झी सदा रमाएँ (२)

    दुर्दिन आयो चेतावनी बिना (२)

     मित्रगण मैले हराएँ क्षणमा (२)

    बेसहारा धर्मरिँदा ख्रीष्ट साथमा पाएँ (२)

को. तारणहार प्रभु मेरा,

    आँसुसहित स्तुति गर्छु,

    कृतज्ञता प्रदान गर्छु ।

 

प्रेमी म बनें धूर्त जगत्‌को

टुक्राई प्रेमी हृदय” ख्रीष्टको (२)

    मोहित भई पछि लाग्दा जगत्‌को (२)

लुटिए इज्जत, सर्वस्व आफ्नो (२)

    हृदय टुटी धर्मरिँदा ख्रीष्ट साथमा पाएँ । (२)

  • काँडाको तिक्त चोट पाउँदा मैले

 ख्रीष्टलाई झन्‌ जोडले तब अँगालेँ (२)

    ख्रीष्टको स्पर्शले पीडा हरायो (२)

  आँसुपुर्ण चेहरामा आनन्द उदायो (२)

    हाजिरीमा ख्रीष्टको मैले अकथ आनन्द पाएँ । (२)

  • पक्री म हिँड्दा हात प्रभुको

  गराउनुभो सैर मनमोहक देशको (२)

  बाटा थे सुन्दर सजिएका फूलले (२)

उकुस्‌-मुकुस्‌ हुन्छ हृदय आनन्दले (२)

      अँगालिँदा ख्रीष्टद्वारा आनन्द विभोर हुन्छु । (२)

 

तपाईहरुलाई नि यो गीत मन पर्ला, मलाई नि यो गीत असाध्य मन पर्छ ।
यस गीत १९७० तिर रचिएको थियो जब हाम्रो स्व.दानिएल बडा हेब्रोन चर्च, हैदराबादमा रहि फुल टाईमर रुपमा सङ्गति गर्नेुहुन्थ्यो । उहाँ करिब दुई साल सम्म त्यहाँ रहि सङ्गति गर्नेुभयो र त्यसपछि कालेम्पोङ्ग एल शद्दाई फर्कनु भयो । यस गीतमा उहाँले भोगेको अनुभावलाई समेटनु भएको छ । प्रभु पाँउनु भन्दा अगाडि एक समय थियो ।
उरगेन नाम भएका उहाँको मिल्ने साथी थियो । त्यति खेर उरगेन पोलिटिक अफिसमा काम गर्थै र बडा दानियल गान्तोक तादोङ स्कुलमा पढाउन हुन्थ्यो । एक दिन उरगेन अचानक आफनो खाटमा मरेको अवस्थामा पैयो । यस घटनाले बडालाई प्रभावित बनायो र आफैलाई सोध्न थाल्नुभो “मान्छ त छिटै मर्दो रहेछ बुढो हुनु पर्दैन रहेछ । यो उरगेन म भन्दा हेल्दी र बलियो थियो तर यो मरेछ तर कहाँ गयो होला ”। यस्तो सोचले बडालाई सतायो र भोलिको निम्ति फिक्री गर्नेु नपर्ने. र निश्चित बन्न सकिने बाटो ख्रीष्ट येशूलाई (१९६२) विश्वास गर्नेु भयो । एक साल पछि १९६३ कालेम्पोङ्ग एल शद्दाईमा पवित्र महासभा सेवाकाय हुदाँ बप्तिस्मा लिनु भयो र चार साल पछि १९६७ प्रभुको निम्ति (फुल टाईमर) भई सेवा गर्ने बोलावट पाउँनुभयो । अनि उहाँलाई सेवाकाय र सङ्गति गर्ने कालेम्पोङ्ग एल शद्दाईबाट अगुवा मण्डली हेब्रोन र्चच, हैदराबादमा पठाइयो । दुई साल त्यहाँ रहदाँको दुःख, अभाव सँग लडी सेवा सङ्गति सिक्नु भयो ।
उहाँले भन्नु हुन्थ्यो “त्यति घडी – दुःखमा भई सेवा गर्दे प्रभुमा खुसीको आँसु आउथ्यो र पछि म कालेम्पोङ्ग आएपछि सबै कुरा पुरा भो र उहिलेको आँसु बहाउ भन्छु पटकै आएन र सम्झन्थे ती दिन कति राम्रो थिए । यसरी हरेक मानिसले प्रभु येशूमा मुक्त्ति पाएपछि निम्ति शान्ति पाँउछ । यो शान्ति संसारले दिने जस्तो क्षणीक शान्ति होईन जुन हुदाँ शान्ति भइने र नहुदाँ अशान्ति तर प्रभु येशूमा चाँहि नहुदाँ पनि शान्ति हुदोरहेछ” ।

 

बडा दानियल प्रभुमा निश्चयता उच्च राख्नु हुन्थ्यो, उहाँ भन्नुहुन्थ्यो कि आज म मरे भने परमेश्वरको राज्यमा निश्चित जान्छु । के तपाई निश्चित गर्ने सक्नहुन्छ ? अह हामी दुविधा –उत्तर विहिन बन्छौं । प्रभुमा विश्वास गर्नेुहुने यस्ता बलियो मान्छे कमै पाईन्छ । उहाँको उपस्थिति आज हाम्रो बीच नभए पनि उहाँले गर्नेुभएको दुःख मेहेनत र उहाँले सिकाँउनु भएको शिक्षा र प्रेरण सधैं स्मरणमा रहिरहन्छ । उहाँको आनन्दले भरिएको हसिलो चेहरा, उहाँको नम्र बोलि र स्भाव सधैको लागि हामीले गुमायौं । प्रभुको मण्डलीको निम्ति महेनत गरी गरी, खोज अनुसन्धान गरी इतिहासको पाना द्वारा प्रभुको मण्डलीमा आत्मिक खुराक बाँडनु हुन्थ्यो र सबै प्रभुको छोरा छोरी सन्तुष्ट हुन्थे । पचिस वर्ष लगाएर अथवा आधा जीवन लगाएर उल्था गर्नेु भएको नेपाली बाइबल (TBS Bible_  www.tbsbibles.org -Nepali Language)   मा पाईन्छ र आज हामी प्रत्यकले यो बाईबल शुद्व नेपाली भाषामा पढन् पाएको छौं । यो काम गर्ने सजिलो थिएन । अगं्रजी बाईबल लिएर अथवा शाब्दकोषको सहायताले भटाभट उल्था गरेको होइन तर सबै अग्र भाषाको बाईबल (Greek/ Hebrew / KJV) लिई त्यसलाई सच्याएर मौलिक आत्मिक अर्थ बुझाउने गरि संशोधन गर्नुे भएको हो त्यसैले यो काम गर्ने पचीस बर्ष लाग्यो । हामी प्रार्थना गरौं कि हाम्रो बीचमा अझै यस्तो प्रभुको दास पाउन सकौं ।

हल्लेलूयाह आमेन ।

 

 

CONTACT US

Write to us; we will reply you instantly.

Sending

EL-Shaddai Kalimpong India | All Right Reserved © 2017

About              Download Mobile Apps                        Download Mp3            E-Books           Jeudo- Pani          Green Pasture      Gracebook        NewsBlog
Menu

Log in with your credentials

or    

Forgot your details?

Create Account